जिल्ला समन्वय समितिमा आज उम्मेदवारी दर्ता दिउँसो सम्म उम्मेदवार टुंगाउछौं ः सभापती न्यौपाने

पोखरा १० साउन
जिल्ला समन्वय समितिको निर्वाचनकोलागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । निर्वाचन कार्यक्रम अनुसार आज दिउँसो २ बजे देखी विहिबार साँझ ४ बजे सम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार आज दिउँसो २ बजे देखी विहिबार साँझ ४ बजे सम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताकोलागि २ दिनको समयअवधि दिईएको छ । त्यस अघि आज १२ बजे सम्म मतदाताको अन्तिम नामावली प्रकाशन भईसक्ने कार्यक्रम रहेको छ ।
निर्वाचन कार्यक्रम अनुसार विहिबार ४ बजे उम्मेदवारको सुची प्रकाशन गर्ने, १५ गते १२ बजे देखी ३ बजे सम्म उम्मेदवार उपर उजुरी दिने, सोही दिनको ३ बजेदेखी ५ बजे सम्म उम्मेदवारको मनोनयन जाँच गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी वावुराम घिमिरेले बताए ।
त्यस्तै १६ गते १० देखी १२ बजे सम्म उम्मेदवारको नामावली प्रकाशन गरिने, सोही दिन १ बजे देखी ३ बजे सम्म उम्मेदवारले नाम फिर्ता लिने, १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र १९ गते विहान ११ बजे देखी १ बजे सम्म मतदान गर्ने कार्यक्रम रहेको छ । जिल्ला समन्वय समितिको निर्वाचन सम्बन्धि सम्पुर्ण कार्यक्रम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने घिमिरेले जनाए ।
यसैविच नेपाली काँग्रेसले जिल्ला समन्वय समितिको उम्मेदवार छनौट सुरु गरेको छ । जिल्ला सभापती बैकुण्ठ न्यौपानेले यस बारेमा छलफल सुरु भएको र बुधबार दिउँसो १ बजे सम्म उम्मेदवारहरु टुंगो लगाउने बताए । बुधबार दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको छ । सो समय अगाडी उम्मेदवारहरु टुंगो लगाईने सभापती न्यौपानेले बताए ।
जिल्ला समन्वय समिति तनहुँ अध्यक्ष र उपाध्यक्ष सहित ९ जना हुने छ । जिल्लाका १० स्थानीय तहका प्रमुख र उपप्रमुख गरि २० जना मतदाता रहेको तनहँुमा नेपाली काँग्रेस एक्लैको १२ मत रहेको छ । त्यस्तै एमालेको ६ मत र नेकपा माओवादी केन्द्रको २ मत रहेको छ । बहुमत मतदाता भएको नेपाली काँग्रेसले एकलौटी रुपमा जिल्ला समन्वय समिति चयन गर्ने सक्ने छ ।
जिल्ला समन्वय समितिको अध्यक्षमा काँग्रेसबाट निलबहादुर थापा, शान्तिरमण वाग्ले र अर्जुन अधिकारीले दावी गरेका छन् । तिनै आकांक्षीहरु मध्येबाट सहमतीमा १ जनाको नाम चयन गरिने सभापती न्यौपानेले बताए । त्यस्तै ३ जना अनिवार्य महिला सदस्यमा पवित्रा पौडेल, कल्पना पोख्रेल लगायत महिला नेतृको नाम चर्चामा आएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन १०, २०७४     9:45:42 PM

Tara Chapagain

See all posts by