पोखरा १० साउन
शुक्लागण्डकीस्थित सेती नदीको खोचमा आइतवार देखिएको दुई वटा शव मंगलवार सशस्त्र प्रहरीले निकालेको छ । शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडास्थित रक गार्डेनको भुमरीमा देखिएको पुरुष र महिलाको शव दुई दिनपछि सशस्त्र प्रहरी वल विपद व्यवस्थापन तालिम केन्द्र कुरिन्टारको टोलिले निकालेको हो । सशस्त्र प्रहरी निरिक्षक जगदिश चन्द्र हमाल नेतृत्वको ११ सदस्यीय टोलीले शव निकालेको हो ।
सेती नदिको खोचमा करिव दुई घण्टा लगाएर महिला र पुरुषको शव निकालिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । गत सोमवार पोखरा लेखनाथ ३३ पशुपतिघाटमा नुहाने क्रममा दाङ जिल्ला साविकको ताप्रे गाविस ७ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएका १८ बर्षीय संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार बेपत्ता भएका थिए ।
यसअघि बुधबार साँझ संगीता नेपालीको शव तनहुँको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको थियो । दुई वटै शव पोखरा ल्याई पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।