डां गोबिन्द केसी ११ पटक अनशनमा बस्दै

साउन ९ ,
डा. गोबिन्द के. सी ११ पटक अनशनमा बस्ने हुनु भएको छ सरकारले यसअघि भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै आइओएमका प्राध्यापक डा। गोविन्द केसी फेरि अनशन बस्ने निर्णय गर्नु भएको हो । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी यसअघि १० पटक अनसन बसिसक्नुभएको छ ।

चिकित्सा शिक्षाको सुधारका लागि बारम्बार सरकारको ध्यानाकर्षण गराएता पनि सुनुवाई नभएको भन्दै फेरि अनशन बस्न लागेको उहाँले बताउनुभयो । यसअघि माग पूरा गर्न असार ३१ गतेको अल्टिमेटम दिएपनि पूरा नभएकाले अनशनको घोषणा गरेकोे डां. केसीको भनाई छ । डाक्टर केसीले तत्काल माथेमा प्रतिवेदन अनुरुप आफूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने माग पहिलो नम्बरमा उठाउनु भएको छ ।

यसैगरी चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने उहाँको माग छ ।
डा.केसीले सरकार र अदालतको आदेश पालना नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न, आइओएमका अधिकार खोस्ने पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गर्नुभएको छ ।

प्रकाशित मितिः सोमवार, साउन ९, २०७४     9:06:50 AM

Tara Chapagain

See all posts by