स्याङ्जाको गल्याङ नगरपालिकाको प्रथम नगर सभा सम्पन्न

पोखरा ८ सावन ,

स्याङ्जाको गल्याङ नगरपालिकाको प्रथम नगर सभा सम्पन्न भएको छ । भ्रष्ट्राचार मुक्त, शुसासन युक्त शहर, गल्याङ नगरपालिकाको रहर भन्ने मूल नराका साथ प्रथम नगर सभाको उद्घाटन गर्दै व्यवस्थापिका सदस्य सांसद मुक्ति प्रसाद पाठकले नगरपालिकाको विकास गर्दा साझा समस्या सम्झेर काम गर्नु पर्ने र त्यस अभियानमा सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

उहाँले नगरपालिका भै सके पछि सवै वडामा समानुपातिक रुपमा विकास गरेर अगाडी वढ्न र कुनै पनि राजनीतिक दलका आधारमा नभै सवै साझा नगरवासीको भावनाले विकास निर्माण अभियानमा लाग्न समेत जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएके थियो । नगर भित्र जसले जहाँ विकास गरे पनि आमनागरिकलाई फाईदाहुने काम गर्न समेत आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले नीति कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको छ ।भने पूर्वाधार विकास नीति,आर्थिक विकास सम्बन्धी नीति, नीजि क्षेत्र,सहकारी, कृषि, पशुपालन क्षेत्र,पर्यटन,उद्योग तथा रोजगारी क्षेत्र,वाणिज्य क्षेत्र, सामाजिक विकास सम्बन्धी नीति,शिक्षा,स्वास्थ्य, अपाङ्,असाय,विपन्न सम्बन्धी नीति, खानेपानी, तथा सरसफाई,लेखा राजस्व सम्बन्धी नीति, शुसासन सम्बन्धी नीति,भूमिसुधार सम्बन्धी, संस्थागत क्षमता विकास सम्बन्धी नीति,विपत व्यवस्थापन, वन तथा वातावारण संरक्षण ,भाषा,धर्म र संस्कृति, सडक सम्बन्धी नीति, आवास निर्माण र वर्गिकरण सम्बन्धी नीति विविध कार्यहरु माथि प्रकाश पार्नु भएके थियो ।

उहाँले विभिन्न जातजातिको भाषा कला संस्कार संस्कृतिको जर्गोना गर्ने र स्थानीय सरकारमा मगरभाषलाई वैकल्पीक भाषाको रुपमा प्रयोग गर्ने, आलमदेवी टाम्कीकोट,राम्दी, बंङराती, सेतीवेणी, हुगीघाट, चन्द्रकोटलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने ।
सडक पूर्वाधारका लागि गुरुयोजना सहित विभिन्न आयोजनाहरु सञ्चालन गर्ने,नगर स्तरीय कृषि र वचत सहकारी संस्थाहरुको संघ स्थापना गर्ने, नगरपालिकाको अधिकाश क्षेत्रमा दुधालु गाई,भैसी पालन,वंगुर,कुखुरामा आतम निर्भर,बाँख्रा पालन जस्ता कार्यक्रम सञ्चालन गर्ने कुरा बताउनु भएको थियो ।
नगरभित्रका दुई विदालयलाई नमुना विद्यालयको रुपमा घोषणा गर्ने। नगरपालिका क्षेत्र भित्र रहेका जात अनुसार धर्म मान्ने परम्परा सवैमा जाती अनुसारको धर्म,स्वतन्त्र रुपमा मान्न पाउने र विभिन्न ठाउँमा रहेको नौमती तथा पञ्चेबाजा संरक्षण अभियानमा पहल गर्ने कुरा बताउनु भएक्ो थियो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका कार्यकारी अधिकृत ज्ञानराज कोइरालाले आर्थिक वर्ष २०७४\०७५का लागि ४० करोड ४७ लाख ८० हजार वरावरको बजेट विनियोजन गर्नु भएको थियो।
उहाँले गल्याङ नगरपालिमा प्रत्येक वडामा ५० लाख वरावरको वजेट विनियोजन गरेको कुरा बताउनु भएको थियो ।
समचार तयार पर्दा सम्म बन्द सत्र सञ्चालन भएकाले बजेटका सम्बन्धमा भने पूर्ण जानकारी प्राप्त भएके छैन्न ।
नगरप्रमुख भूपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वडा नं १०का वडाअध्यक्ष धुर्वशर्मा पंगेनीले र धन्यवाद वडा नं ७ का वडाअध्यक्ष रामविर गुरुङले गर्नु भएको थियो ।भने कार्यक्रमको सञ्चालन नगरपालिकाका कार्यकारी अधिकृत ज्ञानराज कोइरालाले गर्नु भएको थियो ।

 

 

प्रकाशित मितिः आइतवार, साउन ८, २०७४     9:27:23 AM

Tara Chapagain

See all posts by