पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

मिति २०७४|०४|०५ गते

स्याङजा : झुन्डी मृत अवस्थामा फेला

मिति २०७४|०४|०५ गते जिल्ला स्याङजा पुतलि बजार नगरपालिका १३ लामपाटा वडागाउ बस्ने वर्ष अन्दाजी ४५|४६ को मेघ बहदुर परियारले घर देखि ५० मिटर पुर्वमा रहेको टाटेको रुखमा नाम्लोको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल SOCO सहितको प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।

अर्घाखाँची :  सवारी दुर्घटनामा १ को मृत्यु

मिति २०७४।०४।०५ गते अन्दाजी ०८:१५ बजेको समयमा जिल्ला अर्घाखाँची पाणिनी गाँउपालिका ४ कुडापानी मर्चवारी भन्ने स्थानमा अम्जा देखि बुटवलको लागी बिहान ०५:४५ बजे छुटेको श्रीनगर यातायातको लु१ज १७९५ नम्बरको को जिप दुर्घटना हुदाँ उक्त जिपमा सवार ३ जना गम्भिर घाईते भई उपचारको लागी पाल्पा तर्फ पठाईएको भन्ने खबर  प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई अनुसन्धान गर्दा जिपका चालक  जिल्ला  पाल्पा रैणादेबि छहरा गाँउपालिका ३ बस्ने बर्ष ३९ को तारा ब. खत्रीको उपचारका लागी लैजादै गर्दा भएको साथै अर्घाँखाची पाणिनि गाउँपालिका ४ तल्लो कुडापानि बस्ने वर्ष ३८ को लेख ब.रास्कोटी र अर्घाखाँची५ अम्जा बस्ने वर्ष ३५ को टिका रास्कोटि गम्भीर घाईते भएको पाईएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

 कास्की : मृत अवस्थामा फेला

मिति २०७४।०४।०२ गते देखी हराईरहेकी जिल्ला रोल्पा घर भई हाल पोखरा लेखनाथ महानगरपालिका-१४ गस्ति टोल डेरा गरी बस्ने वर्ष अन्दाजी ७५ की जिर्मला बुढामगर आज मिति २०७४।०४।०५ गते अन्दाजी ११:३० बजेको समयमा सोहि स्थान १४ स्थित डम्पिङ साईडमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

 

 

प्रकाशित मितिः बिहिबार, साउन ५, २०७४     6:43:54 PM

Tara Chapagain

See all posts by