पोखरा लेखनाथ महानगर पालिका २२ अनदुमा ४ कुईन्टल गाजा फडानी

पोखरा ३ साउन

पोखरा लेखनाथ महानगर पालिका २२ फेवाताल पारी अनदुमा प्राकृतिक रुपमा उम्रिएका करिब ४ कुईन्टल गाजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ ।

सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजनामा पोखरा लेखनाथ महानगर पालिका २२ अनदुमा गाजा फडानी गरेको छ ।

फडानी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले समाजमा आक्रमक रुपमा फैलिंदै गएको यस लागु औषध दुव्यसन प्रति सबै सचेत रहनु पर्ने बताए । हरेक अभिभावकले आफ्ना बालबालिकाहरुको गतिबिधि र मागहरु उचित ध्यान दिनु उनको भनाई छ ।

कार्यक्रमका सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराईले समाजमा दिनानु दिन लागु औषध दुर्ब्यसनी बढनु दुर्भाग्यको कुरा भएको उल्लेख गर्दै कुनै घर वा समाजका एउटै मात्र युवा दुव्यसनको कुलतमा पर्न गएमा त्यो सिंगो राष्ट्रकै लागी दुर्भाग्य पुर्ण हुने बताए ।

सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम का अध्यक्ष भिम पराजुलीले गाजा सेवन गरी समाजमा होहल्ला निम्त्याउने कल झगडा गराउने शान्ति सुरक्षामा खलल पु(याउने हत्या हिसा चोरी तथा लुटपाटका घट्ना बढ्ने भएको कारण गाजा फडानी कार्यमा जोड दिई फडानी कार्यक्रम गरिएको बताए ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराको निर्देशन तथा लागु औषध कार्य योजना २०७३ र २०७४( अप्रेशन सिधा ) अन्तर्गत सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेबा केन्द्र बैदामको आयोजना गरिएको गाजा फडानी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, लागु औषध व्युरो पोखराको सहभागीता रहेको थियो ।

 

प्रकाशित मितिः बुधबार, साउन ४, २०७४     5:35:36 AM

Tara Chapagain

See all posts by