जिल्ला समन्वय समिति सर्लाहीका अधिकृत ४० हजार रुपैयाँ घुससहित पक्राउ

सर्लाही,२९ असार :

जिल्ला समन्वय समिति सर्लाहीका अधिकृत नगिना राय ४० हजार रुपैयाँ घुससहित बिहीबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरी बर्दिबासको टोलीले सेवाग्राहीसँग घुस लिदैं गर्दा उनलाई आफ्नै कार्यकक्षबाट रगेंहात पक्राउ गरेको हो। रायलाई थप अनुसन्धानका लागि अख्तियारको टोलीले बर्दिबास लगेको छ।

प्रकाशित मितिः बिहिबार, असार २९, २०७४     5:05:50 PM

Ganesh Pahari

See all posts by