१३ औं सागमा पोखरामा पाँच खेल हुने

पोखरा, २८ असार :
नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदमा पाँच खेल हुने भएको छ । १३ औ सागको तयारीमा पोखरा आएको पूर्वाधार निर्माण समितीले पोखरामा पाँच खेल हुने जानकारी दिएको हो । १३ औ साग खेलकुद पुर्वाधार निर्माण समितीका सचिव रिम वहादुर रानाभाटले पोखरामा प्रस्ताव गरिएका पाँच खेलहरुमा भलिवल, ह्याण्डवल, महिला फुटबल, आर्चरी र ट्रायथोलन खेलहरु प्रस्तावित गरिएको वताए ।

उनले प्रस्ताव गरिएका खेलहरु पोखराका लागि उपयुक्त रहेको र पुर्वाधारका हिसावले समेत आयोजना सक्षम रहेको वताएका थिए । कास्की जिल्लाका विभिन्न खेल पदाधिकारीहरु संगको अन्तक्रियामा स्थानिय पदाधिकारीले भने अझै पनि काठमाडौंको केन्द्रिकित मानसिकता हावी रहेको भन्दै असुन्तुष्टी पोखेका थिए । उनीहरुले पोखरामा १३ औ सागको उद्घाटन वा समापन कार्यक्रम मध्ये एक पोखरामा आयोजना गर्नु पर्नेमा जोड दिंदै पोखरामा कम्तिमा पनि १० खेल आयोजना गर्न सकिने वताएका थिए ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले पोखरामा जनस्तर बाटै खेल प्रतीको चासो रहेको र प्रस्तावित पाँच खेलमा अझै थप्न आग्रह गरे । उनले पोखरा १३ औं सागका लागि सक्षम र उपयुक्त थलो समेत रहेको वताउँदै टिम गेम बाहेक अन्य खेल समेत समावेश गर्न आग्रह गरे । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ्गले पोखराले कुनै पनि खेल सञ्चालन र सम्पादन गर्न सक्ने भनाई राख्दै यथसिघ्र पुर्वाधार निर्माण सुरु गर्न आग्रह गरे । उनले ‘अव पनि पुर्वाधार निर्माण गर्न ढिलाई गर्ने हो भने प्रतियोगिता संचालनमा वाधा पुग्न सक्छ र फेरी पनि त्यही वहानामा सवै खेल राजधानी केन्द्रित हुन सक्छन ।’

सो आवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी , जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङ्ग, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली, पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठकले पोखरामा धेरै भन्दा धेरै खेलहरु आयोजना गर्न सुझाएका थिए । १३ औं सागको तयारीका लागि पोखरा आएको टोलीले पोखरामा निर्माणाधिन पुर्वाधारहरुको निरिक्षण समेत गरेको थियो ।

१३ औ दक्षिण एशियाली खेलकुदमा नेपालमा २५ खेलहरुका लागि प्रस्तावित गरिएको छ र सन २०१३ मार्च ९ देखि १८ सम्म हुँदैछ । नेपालमा पहिलो दक्षिण एशियाली खेलकुद १९८४ मा भएको थियो ।

प्रकाशित मितिः बुधबार, असार २८, २०७४     6:40:00 PM

Ganesh Pahari

See all posts by