मुग्लिन नारायणघाट चार किलोमा पहिरो खस्यो, सडक अवरुद्ध

चितवन, असार २८ ,

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को चार किलोमा पहिरो खस्दा मुग्लिन नारायणघाट सडक अवरुद्ध भएको छ । दिउँसो साढे ३ बजेतिर ठूलो पहिरो खसेकाले बाटो अवरुद्ध भएको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुभयो ।

अहिले पहिरो पन्छाउने काम भैरहेको र पहिरो ठूलो भएकाले आज बाटो खुल्ने संभावना नभएको उहाँले बताउनुभयो । बाटो अवरुद्ध हुँदा यात्रुलाई समस्या भएको छ । ट्राफिक प्रहरीले मुग्लिन नारायणघाट सडक हुँदै चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह समेत गरेको छ ।

प्रकाशित मितिः बुधबार, असार २८, २०७४     4:40:11 PM

Tara Chapagain

See all posts by