धादिङमा जिपको ठक्करबाट एकको मृत्यु

असार २८ गते ,

जिपको ठक्करबाट बुधबार बिहान एक जनाको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–२ निवासी मंगली कुमाललाई जिपले ठक्कर दिएपछि उपचारका क्रममा ज्यान गएको हो ।

घर नजिकै घरायसी काम गर्दै गर्दा ना १ ज ४२०० नम्बरको जिपले पछाडि हटाउने क्रममा ठक्कर दिएपछि ६० वर्षिया कुमालको टाउकोमा चोट लागेको थियो ।

घाइते कुमालको सल्यानटार स्वाथ्य चौकीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताउनुभयो ।

प्रकाशित मितिः बुधबार, असार २८, २०७४     4:35:29 PM

Tara Chapagain

See all posts by