फेवतालको मुहान हर्पन खोलामा माछा मार्न जादा बेपत्ता भएका दुइ युवाको शब भेटियो

पोखरा २७ असार ,

असार २७ गते फेवतालको मुहान हर्पन खोलामा माछा मार्न जादा बेपत्ता भएका दुइ युवाको शब भेटिएको छ । सोमबार दिउसो माछा मार्ने क्रममा खोलाले बगाएर उनीहरु बेपत्ता भएका पोखरा नदिपुर ३ का ललित पुन र इन्द्र पुनकधो शब मंगलबार भेटिएको हो ।

माछा मार्ने क्रममा बगेको ठाँउको वरिपरि नै उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ८ बजे ललितको शब भेटिएको थियो भने उनको शब निकाल्न जादा प्रहरी जवान बल बहादुर कुवँर आफै डुबेका थिए । ललितको शव भेटिएकै ९ं३० स्थानमा ९ं३० मा इन्द्रको पनि शव भेटिएको हो प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिनु भयो । शवलाइ पोष्टमार्टमको लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पठाउने तयारी भै रहेको खत्रीले जानकारी दिनु भयो ।

 

 

प्रकाशित मितिः मङ्लबार, असार २७, २०७४     10:26:29 AM

Tara Chapagain

See all posts by