श्रीमतीको विभत्स हत्या गरेर टाउको बोकेर प्रहरीकोमा आत्मा समर्पण गर्न पुगे श्रीमान

नेपालगञ्ज, असार २७ ,

बाँकेको कोहलपुर नगरपालिका(४ मा श्रीमानले श्रीमतीको क्रुर हत्या गरिगर्न  टाउको बोकेर प्रहरीकोमा आत्मा समर्पण  गर्न पुगेका छन् नेपालगञ्जको कोहलपुर(४ का २९ वर्षका मोहम्म्मद अफताव बेडुवाले २५ वर्षकी श्रीमती फुलसन बेडुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

राति १० बजेतिर कोहलपुर–१५ को चौधरियागाउँँ जानेबाटोेमा ६ महिनाको छोरा छोडेर अफतावले श्रीमतीको काटिएको टाउको लिएर राति नै इलाका प्रहरी कार्यालय कोेहलपुममा पुगेर आत्मसमर्पण गरेको डिएसपपी काफ्लेले बताउनुभयोे।
अफताव श्रीमतीको हत्या गर्ने योजना अनुसार रातको समयमा श्रीमतीलाइ झारफुकको बहाना बनाइ एकान्त स्थानमा चक्कु सहित साइकलमा लिएर गएको प्रहरीले जनाएको छ । प्रहरीले ६ महिने बालकको उद्धार गर्न सफल भएको छ । शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पतालमा पठाइएको छ । दुईवटा श्रीमती विवाह गरेका अफतावले जेठी श्रीमतीले धेरै
कचकच गरेकोले पारिवारिक तनावमा हत्या गरेको बयान प्रहरी समक्ष दिएका छन् । प्रहरीले अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार २७, २०७४     9:50:47 AM

Tara Chapagain

See all posts by