हर्पन खोलाले बगाएर दुई युवा बेपत्ता

पोखरा २६ असार ,

फेवातालको पानीको मुल श्रोतको रुपमा रहेको हर्पन खोलामा बगेर सोमबार दिउँसो दुईजना युवा बेपत्ता भएका छन्। माछा मार्न गएका उनीहरु बल्छी खेल्ने क्रममा खोलामा बगेको प्रहरीले बताएको छ।

वडा प्रहरी कार्यालय बैदाममा प्रमुख प्रहरी निरीक्षक मोहनमणि अधिकारीका अनुसार पोखरा–लेखनाथ महानगरपालिका–३, नदीपुरका २४ वर्षिय युवकद्वय ललीत पुन र इन्द्र पुन खोलामा बगेका हुन । उनीहरुसँगै माछा मार्न गएका अरु पाँचजना युवाहरु सकुशल रहेका छन् ।

‘माछा मार्न बल्छी खेल्ने क्रममा हर्पन खोलामा हुन ‘बेपत्ता युवाहरुको खोजि भईरहेको छ । हराईरहेका युवाहरु खोज्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् हपर्नबाटै बगेर आएको पानी फेवातालमा मिसिन्छ । युवाहरु पानीको भेलमा बग्दै तालसम्मै आइपुग्न समेत सक्ने अधिकारीले बताउनु भएको छ ।

 

प्रकाशित मितिः सोमवार, असार २६, २०७४     5:50:35 PM

Tara Chapagain

See all posts by