गण्डकी विकास बैकका अध्यक्ष द्धारा सपथ ग्रहण

पोखरा २६ असार

गण्डकी बिकास बैक लिमिटेडका नव नियुक्त अध्यक्ष श्री जगन बहादुर गुरुङ ले शपथ ग्रहण गर्नु भएको छ । नेपाल राष्ट्र बैकका डेपुटि गर्भनर श्री शिवराज श्रेष्टले अध्यक्ष गुरुङलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

सपथ ग्रहण कार्यक्रममा बैक तथा बित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, गण्डकी बिकास बैक लिमीटेडका सञ्चालक ज्ञानेश्वर पराजुली कार्यकारी अधिकृत रेशम बहादुर थापा को उपस्थिती रहेको थियो ।

अध्यक्ष गुरुङले बैक तथा बित्तीय संस्था समबन्धि ऐन ,२०७३ बोमोजिम सपथ ग्रहण गर्नु भएको हो । साबिकको फेवा बिकास बैक र गण्डकी बिकास बैक एक आपसमा गाभिएर यहि असार २१ गते देखि गण्डकी बिकास बैक लिमीटेडको नामबाट एकिकृत कारोवार गदै आइरहेको छ ।

 

 

 

 

 

प्रकाशित मितिः सोमवार, असार २६, २०७४     5:20:53 PM

Tara Chapagain

See all posts by