सके स्वदेशमै रोजगार गरौ , जानै पर्ने भए सिप सिकेर मात्रै जाउँ ः सामी परियोजना

पोखरा २५ असार,
तारा चापागाई
बैदेशिक रोजगारको लागी आप्रवासन (सामी परियोजना) कास्की आइतबार पत्रकार सम्मेलन गरि सुरक्षित बैदेशिक रोजगारी बारे सुचना ,सिप न्यायको पहुँचको अभिबृद्धि गर्न काठमाडौ उपत्यका लगायत बाहिरका जिल्लाको बिवरण बारेमा जानकारी गराएको छ ।
कास्की ब्याक्तिवादी ठगी धेरै छ गाउँमा भन्दा शहरमा ठगिने धेरै भएको परियोजना प्रमुख मायाँ गुरुङले जानकारी दिनु भयो । पछिल्लो एक वर्षमा सामी परियोजना मार्फत दर्ता भएका ८५ प्रतिशत मुद्धामा ७५ प्रतिशत शहरका छन् । बिशेष गरि शहरमा हुने ठगीमा बढि र ठुला देश लैजाने भनेर ठुलो रकम लिएको पाइएको छ । अमेरिका,क्यान्डा, अष्टे«लिया लगायतका देशहरु लैजाने भन्दै ठगी गरेको उजुरी परियोजना मा परेका छन् । पछिल्लो समयमा दर्ता भएका मुद्धाहरु मध्ये ८५ वटा मुद्धामा ४० वटाले न्याय पाएको र ४५ वटा प्रक्रियामै रहेको गुरुङले बताउनु भयो ।
ठगी मार्फत हालसम्म १५वटा मुद्धा बाट एक करोड २२ लाख ८७ हजार रुपैया प्रदान गरी सकिएको गुरुङले जानकारी दिनु भयो । श्र्रम स्विृकृती लिएर बैदेशिक रोजगारमा पुगेका तर बिभीन्न कारणले मृत्यु भएका परिवारलाइ ९६ लाख ७७ हजार ४९६ रुपैया प्रदान गरिएको जनाएको छ ।
श्र्रम स्विीकृत लिएर बैधानिक रुपमा बैदेशिक रोजगारमा गएका बिदेशमा ज्यान गुमाएका छोराछोरीलाइ प्रतिब्याक्ति बार्षिक ८ हजार देखि १२ हजार रुपैया सम्मको छात्रवृति पाउने प्रावधान अनुसार सामी परियोजना मार्फत कास्कीका १७ जना ब्याक्तिका छोराछोरीलाइ छात्रवृति प्रदान गरिएको छ ।
बिगत तीन वर्षदेखि सामी परियोजना मार्फत बैदेशिक रोजगारीमा जानको लागी सुचनाको पहुँच बढाउने , न्यायको अभिवृद्धि गर्ने, तथा शिप अभिवृद्धि गर्ने गरिएको छ । काठमाडौ र कास्कीको पोखरा सहित देशभरका १९ जिल्लामा यो परियोजना मार्फत सुरक्षित बैदेशिक रोजगारीको लागी सचेतना प्रदान गर्ने काम भै रहेको परियोजनाका परामर्शदाता जुना के.सी जानकारी दिनु भयो ।

कास्कीमा बितेको एक वर्षमा ५हजार ८०२ जनालाइ प्रत्यक्ष रुपमा सुचना प्रदान गरिएको छ । जसमा दुइ हजार ५६ महिला छन् भने पछिल्लो समय सिप सिकेर मात्र बैदेशिक रोजगारमा जानेको संख्या बढेको के.सी ले बताउनु भयो ।

प्रकाशित मितिः आइतवार, असार २५, २०७४     7:14:53 PM

Tara Chapagain

See all posts by