सल्यानः बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २८ जना घाइते

सल्यान २५ असार ,

सल्यानमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । दाङबाट रुकुमका लागि छुटेको ना ४ ख ५७५४ नम्बरको बस आइतबार बिहान सल्यानको त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटना भएको हो ।

ज्यान गुमाएका दुईजना कै पहिचान नभएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल खलंगा र विभिन्न मेडिकलमा उपचार भइरहेको छ । केहीलाई उपचारको लागि दाङ र नेपालगञ्ज रेफर गरिएको छ । बस सडकबाट झण्डै ५० मिटर तल झरेको प्रहरीले जनाएको छ उज्यालोअनलाइनबाट

प्रकाशित मितिः आइतवार, असार २५, २०७४     2:25:10 PM

Tara Chapagain

See all posts by