लागुऔषध नियन्त्रण विशेष अन्तरक्रिया कार्यक्रम

पोखरा २४ असार,
लागुऔषध दुर्व्यसनीको समस्या राष्टको प्रमुख समस्याको रुपमा रहेको छ । यसलाइ कम गर्न जति सुकै प्रया गरेपनि झनै मौलाउदै गईरहेको छ । देशका सहरी जिल्लाहरुमा लागुऔषधका नयाँ नयाँ प्रकारहरु भित्रिरहेका छन र त्यसको नियन्त्रणका लागी पनी विभिन्न सरोकारवाल निकायहरु पनि उत्तीकै लागिपरेका छन । त्यसैक्रममा लागुऔषधको बढ्दो दुर्व्यसनीलाई रोकथाम गर्न भावि कार्ययोजना तय गर्ने उद्धेश्यले प्रहरी प्रधान कार्यलय लागुऔषध नियन्त्रण केन्द्रीय व्युरो काठमाण्डौको आयोजनमा कास्की स्थीत विभिन्न सरोकारवाला निकायहरुसँग यहि असाढ २३ गते एक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधीकारी तारानाथ अधिकारीको प्रमुख आथित्यता एवंम प्रहरी प्रधान कार्यलय लागुऔषध नियन्त्रण केन्द्रीय व्युरो काठमाण्डौका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक धिरु बस्नेतको विशेष आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पोखरा स्थित विभिन्न आमा समुहका प्रतिनिधि ,विभिन्न पुनर्स्थापना केन्द्रका प्रतिनिधि , औषधि व्यवसायी सँघ , सामुदायिक प्रहरी सेवा केन्द्र , नागरीक समाज आदि सरोकारवाला संघसंस्थाहरुका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

कार्यक्रममा पश्चिम क्षेत्रअन्तर्गतका सम्पुर्ण जिल्लाहरुमा लागुऔषध दुर्व्यसनीको अवस्था र यस अन्तर्गत दर्ता भएका मुद्धाको संख्या साथै यसको रोकथामका लागी प्रहरीले पश्चिम क्षेत्र भरी गरीरहेका विभिन्न जनचेतनामुलक गतिविधीहरुको बारेमा पश्चिम क्षेत्रिय प्रहरी कार्यलयका प्रहरी निरीक्षक कृष्ण बहादुर कार्कीले उपस्थितहरु माझ जानकारी गराउदै पश्चिम क्षेत्रभरी लागु हुनेगरी अप्रेसन सिदा नामक लागुऔषध नियन्त्रण विशेष कार्ययोजना लागु भएको र यस अन्तर्गत नै सम्पुर्ण जिल्लाहरुमा एक समिति गठनगरी लागुऔषध नियन्त्रण विशेष कार्यक्रमहरु भईरहेको समेत बताउनु भयो । साथै कास्की जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले कास्की जिल्लाको लागुऔषधको दुर्व्यसनीको अवस्था साथै लागुऔषधले ग्रसित क्षेत्र र समुदायको बारेमा प्रष्ट पार्दै आगामि दिनमा अन्य वर्ग,क्षेत्र र समुदायमा यसको सचेतना कार्यक्रमलाई बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।त्यस्तै लागुऔषध नियन्त्रण व्युरो कास्कीका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले गण्डकी र धौलागीरी अञ्चल अन्तर्गत ब्युरोले हासिल गेरका उपलब्धी साथै आफुहरुका भावि कार्ययोजनाको विषयमा विस्तृत प्रतिवेदन पेश गर्नु भएको थियो ।

त्यसैक्रममा कार्यक्रमका विशेष अतिथि एवं प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण व्युरो केन्द्रिय कार्यालयका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक धिरु बस्नेतले जिल्लाका विभिन्न सरोकारवाला निकायहरुले लागुऔषध नियन्त्रणका लागी गरीरहेका विभिन्न गतीविधिहरुप्रती आभार प्रकट गर्दै लागुऔषध नियन्त्रण सम्बन्धी आवश्यक रहेका निती नियमहरुमा केन्द्रियरुमा वृहत छलफल गरी देशभरीनै यस सम्बन्धी निति तथा कार्ययोजनाहरु समेत तय गर्ने बाताउनु भयो । अन्तिममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले उपस्थितहरुबाट उठेका सल्लाह सुझावहरुलाई आत्मसाथै गर्दै कास्की जिल्लामा लागुऔषध नियन्त्रण सम्बन्धी अपकालिन, मध्येकालिन, र दिर्घकालिन महत्वका निति तथा कार्ययोजनाहरु लागु गरीने प्रतीबद्धता व्यक्त गर्नु भयो ।

प्रकाशित मितिः शनिबार, असार २४, २०७४     5:28:29 PM

Tara Chapagain

See all posts by