तारा चापागाई, पोखरा ,२३ असार:
कास्की जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलल सवै शिक्षकहरुहरु खराब छैनन् र शिक्षकहरुलाई सबैलाई एउटै तुलनामा राखेर हेर्ने नहुने बताए छन । अनौपचारिक क्षेत्र सेवा (इन्सेक) ले शिक्षाको अधिकार समबन्धि सेवा प्रदायक र सेवाग्राही बिच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा शिक्षा अधिकारी पौडेलले उक्त कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले केहि शिक्षकका कमजोरीहरुले गर्दा असल शिक्षकहरु पनि दोषी हुन पुगेको उनले भने ।
शिक्षा क्षेत्रको स्तर उठाउन आफ्नो प्रयासहरु सधै शक्रिय भएको भन्दै पहिलेको तुलनामा शिक्षा क्षेत्रमा धेरै सुधार हुदै गएको बताउदै शिक्षा को स्तर उकास्न सिङ्गो नागरिक समाजको महत्बपूर्ण योगदान हुने हुदा नागरिक समाजले पनि यस क्षेत्रको विकासमा लाग्न आग्रह गरेका छन ।
कार्यक्रमका अध्यक्ष तथा मानव अधिकार कर्मि टेकनाथ बरालले राज्यले ब्यावस्था गरेको शिक्षा , स्वास्थ र खाध अधिकार जनताले अनुभुति गर्न पाउनु पर्ने बताएका छन । उनले शिक्षाको सुधार लागी जिम्मेबार निकायले आ—आफ्नो दायित्व पुरा गर्नुपर्ने कुरामा जोड दिनु दिएका छन । महिला बिकास अधिकृत लक्ष्मी जि सी ले बालबालिका काचो माटो सरह हुन तिनीहरुको भबिश्य बिधालयसङ्ग जोडिने भएकाले उनीहरुको शिक्षामा कुनै पनि बिधालय गैर जिम्मेवार हुन नहुने कुरामा जोड दिईन ।
कार्यक्रममा मानव अधिकार निगरानी समुह लुम्लेका सचिव गोपाल देवकोटा , मानव अधिकार निगरानी समुह लाचोक का संयोजक नारायण पौडेल, र मानव अधिकार समुह ढिकुर पोखरी का संयोजक राधा कुवँरले आ—आफ्नो क्षेत्रका बिधालयहरुमा भएका कमि— कमजोरीहरुलाइ औल्याउदै आगामी दिनहरुमा कमजोरी सुधार्ने वातावरण बनाइ दिन हुन जिल्ला शिक्षा अधिकारी समक्ष अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा मानव अधिकार निगरानी समुह कास्कीका सदस्य माया गुरुङ, गैर सरकारी महासंघ नेपाल कास्की शाखाका अध्यक्ष पदमराज पहारी , मानव अधिकार निगरानी समुहका संयोजक दुर्गा के .सी तेसैगरि केन्द्रिय बाल कल्याण समितिको सदस्य राजेन्द्र गौतम , मानव अधिकार अधिकृत खिमलाल सुबेदी , लगायतका बक्ताहरुले बिधालयका शिक्षा अधिकारका समबन्धिमा आ—आफ्ना भनाइहरु राखेका थिए ।
इन्सेक जिल्ला सहजकर्ता सरिता तिमिल्सीना पंगेनीले सञ्चालन गर्नु भएकोमा कार्यक्रम संयोजक शबनम शर्माले स्वागत मनतब्य राखेकी थिइन ।