वातावरण मैत्री सेनेटरी प्याड समबन्धि अभिमुखिकरण तथा गड्यौला मल बनाउने तालिम

तारा चापागाई, पोखरा २२, असार :
स्वावलम्बन जीवन पद्धती समाज नेपालको आयोजना , नारी सेवा केन्द्रको समन्वय तथा पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा वातावरण मैत्री सेनेटरी प्याड समबन्धि अभिमुखिकरण तथा गड्यौला मल बनाउने तालिम १ दिने तालिम दिइएको छ । स्वावलम्बन जीवन पद्धती नेपालका अध्यक्ष हितमान छनत्यालको अध्यक्षतामा भएको तालिममा पोखरामा बसोवास गर्दै आएका अपाङ भएका २५ जना महिला पुरुष हरुको सहभागीता रहेको थियो ।

तालिममा नारी सेवा केन्द्रका अध्यक्ष वा कार्यक्रमका प्रशिक्षक उषा बरुवालले गड्यौला कम्पोष्ट मल कसरी बनाउने बारेमा सहभागी सबैलाइ सहजीकरण गर्नु भयो । उहाँले बजारमा डेरा गरी बसेका वा घर भएर पनि धेरै जमिन नभएका हरुले पनि घरबाट निस्कीएको फोहोरको सदुपयोग सगै यसले मल पनि बन्ने भएकाले दोहोरो लाभ लिन सकिने बताउनु भयो ।

त्यसैगरी तालिममा डेक्स फर गर्लका सदस्य कृष्णहरि पौडेलले महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याड कसरी बनाउने , प्रयोग कसरी गर्ने भन्ने बारेमा सहजीकरण गर्नु भयो पौडेलले बजारमा पाइने अन्य प्याडहरु केमिकल स्प्रे गरेको हुने हुनाले आफैले नरम र सुति कपडाले बनाएको प्याड प्रयोग गर्ने र यसलाइ पुन धोएर प्रयोग गर्न मिल्ने बताउनु भयो । उहाँले महिलाको महिनावारी भगवानको देन भएकाले यसलाइ कुनै प्रकारको लाज नमानी सुरक्षित र सफा राख्न पनि आफैले उत्पादन गरेका प्याडको प्रयोग गर्नुप्रर्ने कुरामा जोड दिनु भयो । तालिममा उपस्थित महिलाहरु सबैलाइ सेनेटरी प्याडको एक एक सेट बितरण गरिएको थियो ।

 

प्रकाशित मितिः बिहिबार, असार २२, २०७४     3:43:07 PM

Tara Chapagain

See all posts by