गणेश पहरी, पोखरा २२ असार:
हङ्गकङ्ग ब्यूटि ईस्टिच्यूट प्रा.लि ३० बर्ष पूरा गरि ३१ बर्षमा प्रवेश गरेको छ । संस्थाको बार्षिक उत्सब तथा क्लारा इन्टरनेशनल ब्युटि कलेज दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विहिबार बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरि आफ्नो ३१औं बार्षिक उत्सब मनाएको छ । संस्थाले बार्षिक उत्सबको उपलक्ष्यमा पोखरा लेखनाथ महानगर पालिका नव निर्वाचित मेयर मानबहादुर जि.सि र महिला भएर शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शिक्षा बिद एलियाना जोनलाई दोसला सहित सम्मान पत्रले सम्मान गरेको हो ।
संस्थाका संचालक तथा अध्यक्ष मिना गुरुङले ब्यूटिपार्लर भनेको धनि र हुनि खानी ब्यक्तिको मात्र हो, भन्ने समाजले मान्ने गरेको स्मरण गर्दै अहिले गरिब,असाय र पढेलेखेका महिलाहरुले पनि सिप सिकेर ब्यवसायी बनाएकोमा खुशि ब्यक्त गरेकी छन । यस ब्यवसाय अगालेका महिलाहरु यहि क्षेत्रमा लागेर विदेश जाने मोह त्यागेर आफ्नो आर्थिक स्तर उकास्न सकेको उनको भनाई रहेको छ । संस्थाले समाजमा रहेका एकल महिला, द्धन्द पिडित महिला र आर्थिक स्तर कमजोर भएका महिलाहरुलाई निशुल्क तलिम दिई आफ्नो खुट्टामा उभिन्न सिकाएको बताउदै आफुले खालि आर्थिक हिसाबले मात्र नहेरेको भन्दै समाजलाई पनि केही योगदान दिउ भन्ने भावनाले यस क्षेत्रमा लागेको बताएकी छन ।
कार्यक्रमका प्रमुख अतिथि मेयर मानबहादुर जि.सि ले हङ्गकङ्ग ब्यूटिपार्लरले महिलाहरुलाई ब्यवसायी सिप सिकाएर आर्थिक रुपमा आत्मा निर्भर गराएकोमा खुशि ब्यक्त गर्दै आगामि दिनहरुमा पनि अझ रचनात्मक कार्य गरेर देखाउन आग्रह गरेका छन । शिक्षाबिद एलियाना जोनले संस्थाले महिलाहरुलाई ब्यबसायी सिप सहित सामाजमा बोल्दा कसरी बोल्ने र ब्यवसाय स्थापना गर्नेका लागि ब्यवहारिक ज्ञानसमेत प्रदान गरेकोमा संस्थाको प्रशंसा गर्दै अबका दिनहरुमा दुरदराजकाका ग्रामिण महिलाहरुलाई पनि यस्ता किसिमका तालिम दिन सुझाब दिएकी छन ।
संस्थाका अध्यक्ष मिना गरुङको सभाअध्यक्षतामा भएको कार्यक्रममा लारा इन्टरनेशनल ब्यूटि कलेज मलेशियाका अध्यक्ष गेरी र ब्यूटिसियन नेपालका अध्यक्ष सुमन गुरुङ, जिफन्ट केन्दिय सदस्य चन्द्रबहादुर गुरुङ साथै नेपाल राष्ट्रिय ह्यान्डबलका केन्द्रिय अध्यक्ष तेज गुरुङ, पर्यटन ब्यबसायी बर्बर सिहं गुरुङ र पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ट लगायतका बक्ताहरुले मन्तब्य राखेकोमा संचारकर्मी दिननाथ बरालले कार्यक्रम संचालन गरेका थिए ।