५ दिने प्रतिवेदन लेखन तथा नेतृत्व विकास तालिम सम्पन्न

पोखरा, २० असार ।
परोपकार सर्वेश्वर नारी समुहको आयोजनामा ५ दिने प्रतिवेदन लेखन तथा नेतृत्व विकास तालिम आज (सोमबार) सम्पन्न भएको छ ।
पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष शंकर प्रशाद बास्तोलाले वडा नं ४ लाई महिलामैत्री वडाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । महिला सवल हुनका लागि महिला स्वयंमा आँट र केही गर्न सक्छु भन्ने विस्वास हुनुपर्ने उहाँको भनाई थियो । मिहिला सशक्तिकरणका लागि विभिन्न तालिमहरुको आयोजना गरि उनीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै महिलाहरुको अर्थपुर्ण सहभागिताका लागि आफु सकरात्मक रहेको भन्दै यसका लागि सबैमा महिलामैत्री सोच हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रमका अध्यक्ष एवं परोपकार सर्वेश्वर नारी समुहका अध्यक्ष भगवती कोइरालाले उक्त तालिमले प्रस्तावना आफै लेख्न सक्ने क्षमता बृद्धि हुनुका साथै समाजको नेतृत्व लिनका लागि थप उर्जा प्रदान गरको बताउनुभयो ।त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर विमला भण्डारीले प्रतिवेदन लेखन तालिमले स्रोतको पहिचान गरि वडाको विकासका लागि बजेट मागमा सहजता प्रदान गर्नुका साथै अर्थपुर्ण सहभागिता लागि नेतृत्व विकास तालिमको उत्तिकै महत्व हुने बताउनुभयो ।

वडा नं ४ का सचिव केशव राज कोइरालाले वडाले महिलाहरुको नेतृत्व विकासका लागि विगत देखिनै यस्ता कार्यक्रमहरु गर्दै आएको अहिले आयोजना गरिएको यो तालिमले महिलाहरुको नेतृत्व विकासमा मद्दत गरेको बताउनुभयो ।


सहभागिको तर्फबाट संस्थाका सल्लाकार शकुन्तला कोइरालाले हिजो घरबाट बाहिर निस्कनका लागिठ महिलाहरुले आन्दोलन गर्नुपर्ने अवस्था थियो भने अहिले निर्धक्क रुपम बाहिर निस्कने वातावरण बनेको बताउँदै यो तालिमले अझ सशक्त बताउनुभयो ।संस्थाका अध्यक्ष भगवती कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष जानकी कोइराला, गैरापाटन टोल विकास संस्थाका अध्यक्ष बसन्त बास्तोला, सहभागि मिनु कोइराला लयायतले बोल्नुभएको थियो ।

वडा नं ४ का करिब ९० जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा प्रशिक्षण नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर विमला भण्डारी र संस्थाका भानु पराजुलिले दिनुभएको थियो । सस्ंथाका सहसचिव सुमित्रा कोइरालाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव अम्बिका कोइरालाले गर्नु भएको थियो ।

 

प्रकाशित मितिः मङ्लबार, असार २०, २०७४     4:31:21 PM

Tara Chapagain

See all posts by