काठमाडौं,१८ असार / इन्धनको भाउ घटेको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मुल्य २५ रुपैयाँले घटाएको छ । यस्तै, पेट्रोल, डिजेल र मट्टितेल लिटरमा २ रुपैयाँ सस्तो भएको छ ।
पेट्रोल प्रतिलिटर ९८ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ७४ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिनुभयो । उहाँले ग्यासको दाम प्रति सिलिण्डर १३ सय ५० कायम रहेको जानकारी दिनुभयो । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको भाउ पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मुल्य लिटरमा ४ रुपैयाँ घटाएर ८२ रुपैयाँमा झारिएको छ ।