पोखरामा यस वर्षकै धेरै पानी, १९१ मिलिमिटर पानी.

पोखरा, १८ असार /पोखरामा विगत २४ घण्टाको अबधिमा यस वर्षकै सबैभन्दा बढी बर्षा भएको छ । पोखरा यस वर्षको मनसुन सुरुवात सगँ परेको पानी १९१ मिलिमिटर पानी परेको हो । जल तथा मौषम विज्ञान विभागका अनुसार आईतवार बिहान सम्मको मापनमा पोखरामा सबैभन्दा बढी बर्षा भएको पाइएको छ । पोखरापछि दाङमा ८० मिलिमिटर तथा धनगढीमा ६५ र भैरहवामा ४३ मिलिमिटर बर्षा भएको छ । वर्षका कारण पोखरा ठाउँ ठाउँमा क्षेती पुगेको छ । पोखरामा अहिले सम्म सबै भन्दा बढि वर्षा ३५७ मिलिमिटर पानी २००१ अगस्ट १८ मा परेको थियो ।

प्रकाशित मितिः आइतवार, असार १८, २०७४     3:07:43 PM

Ganesh Pahari

See all posts by