ओमको नयाँ शाखा अर्घाैमा.

पोखरा, १६ असार/ पोखरामा प्रधान कार्यलय रहेको ओम डेभलपमेन्ट बैंकको शाखा पोखरा लेखनाथ महानगरको अर्घाैमा नयाँ शाखा खालिएको छ । शाखाको शुक्रबार एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सि.ले लेखनाथमा अबस्थित लक्ष्मि मा.बि.मा अध्यनरत छात्रा र छात्राहरुलाई छात्राबृद्धि बितरण सहित सृजना बहिरा आवासिय माध्यमिक बिद्यालय लाई पंखा बितरण गरी शाखाको उद्धघाटन गरेका थिए ।

बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बैंकका विविध पक्षहरुको जानकारी गराएका थिए ।

पोखराका स्थानिय ब्यबसायिहरु द्धारा संचालित बैङले गएको असार २ गते मनास्लु विकास बैंकसंग मर्ज भई संयुक्त कारोवार गरेको थियो । मर्ज प्रश्चाएत बैंकको चुक्ता पुंजी १ अर्ब ६५ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, ग्राहक संख्या २ लाख २३ हजार पुगेको छ । बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडी बढाईसकेको अधिकारीले जानकारी दिएका छन ।

प्रकाशित मितिः शुक्रबार, असार १६, २०७४     6:06:39 PM

Ganesh Pahari

See all posts by