पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु.

पोखरा, १६ असार/

स्याङजा  झुन्डी मृत अवस्थामा फेला परेको:
मिति २०७४ (०३ (१५ गते अन्दाजी २१स्०० बजेको समयमा स्याङजा जिल्ला हरिनास गाँउपालिका वडा न ७ बैदीखोला बस्ने वर्ष ६० को सोम बहादुर बि क आफ्नै घरमा प्लाष्टिकको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेका छन । घटनास्थलमा तत्काल प्रहरी टोली खटि गई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कपिलवस्तु स् झुन्डी मृत अवस्थामा फेला:
मिति २०७४।०३।१६ गते बिहान कपिलवस्तु जिल्ला वाणगँगा नगरपालिका ९ जिनुवा स्थित खेतमा सोहिस्थानकै बक्सिपुर बस्ने वर्ष अन्दाजी ६०।६५ को यदुबिर गुरुङ मृत अवस्थामा फेला परेका छन । उक्त विषयमा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी स् सवारी दुर्घटनामा परी २ जना घाईते:
मिति २०७४।३।१६ गते अन्दाजी ०८स्०५ बजेको समयमा नवलपरासी जिल्ला सुनवल नगरपालीका ५ बनकट्टी स्थित महेन्द्र राजमार्गमा पूर्वबाट पश्चि म तर्फ आउदै गरेको ना ४ ख १८४४ नं।को ट्रक र सोही दिशाबाट आउदै गरेको लु २३ प ४२४० नं।को मोटरसाईकल एक आपसमा ठक्कर खांदा मोटरसाईकल चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका १२ बस्ने २० वर्षिय बिश्वाईस राणा र उक्त मोटरसाईकलमा पछाडी सवार सोहि स्थान बस्ने ईलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत म्यादी प्रहरी हेमराज चौहान घाईते भएका छन । घटनास्थलमा तत्काल प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी लुम्बिनी अञ्चल अस्पताल बुटवलतर्फ पठाई उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिईएको छ ।

पर्वत स् झुन्डी मृत अवस्थामा फेला:
मिति २०७४।०३।१४गते रातको समयमा पर्वत जिल्ला जलजला गाँउपालिका(७ बस्ने वर्ष ३६ को चित्रे परियार आफ्नै घरको दलीनमा चुन्निको पासो लगाई झुण्डीएको भन्ने खबर प्रहरीलाई आज मिति २०७४।०३।१६ गते बिहान ०५स्३० बजे जानाकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई घटनाका विषयमा थप अनुसन्धान कार्य जारीरहेको छ ।

स्याङजा स् हँसीयाले आफ्नै घाटि रेटि घाईते:
मिति २०७४र०३र१६ गते अन्दाजी ०७स्३० बजेको समयमा स्याङ्जा जिल्ला गल्याङ नगरपालिका १० लिउडाँडा बस्ने वर्ष २७ को नुन बहादुर पल्ली आफु सुत्ने कोठाको ढोकाको चुक्कुल लगाई धारिलो हंसियाले आफ्नै घाँटी रेटी घाईते भएको र भाउजुले देखि तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ तर्फ ल्याईएकोमा थप उपचारका लागी पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याईएको छ । घटनाका बिषयमा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

गुल्मी स् विषादी सेवन गरी मृत्यु:
मिति २०७४।०३।१६ गते अन्दाजी १३स्३० बजेको समयमा गुल्मी जिल्ला मुसिकोट नगरपालीका वडा न।४ डोवान बस्ने हरी बहादुर कुमालको श्रीमती बर्ष ५० कि धन माया कुमाल आफ्नै घरको कोठामा बिषादी सेवन गरी मृत अवस्थामा फेला परेकी छिन । घटनाका विषयमा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई विषादी सेवन गर्नुको कारण खुल्न नआएकाले प्रहरीले त्यस विषयमा अनुसन्धान गरीरहेको छ ।

 

प्रकाशित मितिः शुक्रबार, असार १६, २०७४     5:17:53 PM

Ganesh Pahari

See all posts by