दोस्रो चरणको निर्वाचनको ११ स्थानीय तहको अन्तिम मत परिणाम.

१६ असार /असार १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचनको ११ स्थानीय तहको अन्तिम मत परिणाम आएको छ। नतिजा आएका ११ तहमध्ये  एमालेले ६ वटामा जित हासिल गरेको छ। त्यस्तै नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानमा जित हात पारेको छ।

एमालेले डडेलधुराको अमरगढी नगरपालिकाको मेयर तथा उपमेयरमा सहित बझाङको मष्टा, बाजुराको पाण्डवगुफा , खोटाङको जन्तेढुंगा, बाजुराको गौमुल र बैतडीको पन्चेश्वर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा जित हात पारेको हो। काँग्रेसले बाजुराको छेडदह, बझाङको काँडा, संखुवासभाका चिचिला र सिलिचोङ गाउँपालिकामा जित हात पारेको छ। माओवादीले भने सोलुखम्बुको लिखु पिके गाउँपालिकामा जित हात पारेको छ।

प्रकाशित मितिः शुक्रबार, असार १६, २०७४     3:50:40 PM

Ganesh Pahari

See all posts by