१४ औ असारे रोपाई महोत्सवको तयारी पुरा

पोखरा १४ असार,

हरेक वर्ष पोखरा पर्यटन परिषद् को आयोजनामा हुने १४ औ असारे रोपाई महोत्सवको तयारी यस पटक पनि पुरा भएको छ । असार १५ गते पोखरा लेखनाथ महानगरपालिका को वडा . न १६ को अर्मला ठुलीवेसी फाटमा हुने महोत्सवको तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिका संयोजक नवराज अधिकारीले बताउनु भएको छ । दिए ।


अर्मला स्थित ठुलीवेसी फाँटमा हुने महोत्सबमा ४ सय बढि विदेशी पर्यटक र करिब २० हजार पोखरा बासीहरु उपस्थित हुने आयोजकले जनाएको छ । रोपाइ महोत्सव १६ निवासी गोविन्द बहादुर खड्काको झण्डै ८ रोपनी खेतमा रोपाई महोत्सब गर्न लागीएको हो । अघिल्ला महोत्सहरुमा विदेशीहरुको माझ लोकप्रिय हुदै गएकाले यसपटक अझ धेरै पर्यटक आउने संयोजक जानकारी दिनु भयो ।


महोत्सबमा , नेपाली महिला पुरुष र विदेशी महिला पुरुषको लागि छुट्टा छुट्टै दौड प्रतियोगिता, नेपाली र विदेशीविच रस्साकस्सी प्रतियोगिता, साउने प्रतियोगिता, आमा समुहविच असारे गीत तथा रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्ला पत्रकारको हिले दौड लगायतका प्रतियोगितात्मक कार्यक्रम सहित कृषक सम्मान र विविध सास्कृतिक कार्यक्रम समेत समावेश गरिने छ ।

उक्त महोत्सवको साउने प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश ३, २ , १ हजार र पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ । रोपाई तथा गीत प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ र सान्त्वना हुनेलाई एक हजार रुपैया नगद पुरस्कार प्रदान गरिनेछ । महोत्सब सम्पन्न गर्न १४ लाख ५० हजार रुपैया खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मितिः बुधबार, असार १४, २०७४     7:07:12 PM

Tara Chapagain

See all posts by