काठमाडौं, असार १४ –
स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा दिउँसो ३ बजेसम्म ६२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सबैभन्दा बढी धनकुटा र रुकुममा ७० प्रतिशत मतदान भएको छ । यसैगरी ताप्लेजुङ, खोटाङ, डडेलधुरा, दार्चुला, कपिलबस्तु लगायतका १५ जिल्लामा ६५ प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ । बुधबार बिहान ७ बजे सुरु भएको मतदान अहिले पाँच बजे सकिने छ ।
साभार उज्यालो अनलाइन