दोस्रो चरणको स्थानीय चुनाबमा ६२ हजार उम्मेदवार चुनावी मैदानमा.

काठमाडौं, १३असार/ दोस्रो चरणको स्थानीय चुनाबमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि भोलि हुँदैछ । बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा चुनाव हुन लागेको हो ।

१५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवारचुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी हुने आयोगले जनाएको छ यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

प्रकाशित मितिः मङ्लबार, असार १३, २०७४     9:26:40 PM

Ganesh Pahari

See all posts by