कुन कुन मतदान केन्द्रमा पहिलो मत हाल्दैछन् त , एमाले शीर्ष नेता

काठमाडौं, असार १३,

 भोलि हुन गइरहेको ३ सय ३४ स्थानीय तहको निर्वाचनमा एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका शीर्ष नेताहरु मतदानमा सहभागी हुने भएको छन । प्रदेश–१, ५ र ७ को स्थानीय तहमा मतदाता रहेका शीर्ष नेताहरु आफ्नो गृहनगरबाट मतदान गर्न लाग्नुभएको हो ।

बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल सुर्योदय नगरपालिका ९, इलाम मतदान केन्द्र अन्र्तगत राष्ट्रिय निमावि रम्फोकमा मतदान गर्नुहुने भएको छ । इलाममै रहेर चुनावी कमाण्ड हाँकिरहनु भएका खनालले नै सो मतदान केन्द्रमा पहिलो मतदान गर्ने गरी निर्वाचन कर्मचारीले योजना बनाइरहेका छन । एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया जिल्लाको बाँसगढी वडा नम्बर ८ मा रहेको मतदान केन्द्र त्रिभुवन उमावि मतदान गर्नुहुने भएको छ । गौतमले पनि मतदानको उदघाटन गर्नुहुनेछ ।

अर्का उपाध्यक्ष भीम रावल अछाम जिल्लाको साफेबगर नगरपालिका ६, चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गर्नुहुने भएको छ । यस्तै पार्टीका उपमहासचिव विष्णु पौडेल बुटवल उपमहानगरपालिका ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ भने अर्का उपमहासचिव घनश्याम भुसाल तिलोत्तममा नगरपालिका ९ मणिग्राम, स्थित गौतम बुद्ध शिशु सदन आधारभूत विद्यालयमा मतदान गर्नुहुनेछ ।

यस्तै केन्द्रीय सचिवालय सचिवसमेत रहेका सचिव प्रदीप ज्ञवाली रुरु गाउँपालिका- ४, गुल्मी स्थित बम्घा निमावि भवनमा मतदान गर्नुहुने छ । अर्का सचिव गोकर्ण विष्ट इश्मा गाउँपालिका–४, गुल्मी मतदान केन्द्रमा अवस्थित रामराज्य माविमा मतदान गर्नुहुनेछ । प्रदेश–१ को संयोजकसमेत रहेका सचिव भीम आचार्य इनरुवा नगरपालिका–६, सुनसरीको जनता मावि मधेशाबाट मतदान गर्नुहुनेछ । संबिधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ इलाम नगरपालिका वडा–७ काबालमन्दिर आधारभूत विद्यालय, हाकिमटोलमा मतदान गर्नुहुने भएको छ ।

यसैगरी स्थायी कमिटी सदस्य शंकर पोखरेल तुल्सीपुर उपमहानगरपालिका–१९, दाङको जनता विद्यापीठ, बिजौरीबाट मतदान गर्दै हुनेछ । स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा वुटवल उपमहानागर ११ स्थित वाणिज्य क्याम्पस देवीनगरमा मतदान गर्नुहुनेछ । ती सवै मतदान केन्द्रमा एमाले शीर्ष नेताहरुले मतदानको उदघाटन गर्नुहुने छ ।

जनता टाइम्स डट कम बाट

प्रकाशित मितिः मङ्लबार, असार १३, २०७४     9:28:34 PM

Tara Chapagain

See all posts by