पत्रकार बराल सम्मानित, पुरस्कारराशी पत्रकार कल्याणकारी कोषमा.

पोखरा, १० असार/पत्रकार दिननाथ वराल सम्मानित भएका छन् । लायन्स क्लव अफ पोखरा सेती गण्डकीले लायन्स क्लवको सामाजिक कार्यक्रमहरुको समाचार मार्फत प्रचार प्रशारमा महत्वपुर्ण भूमिका खेलेको भन्दै उत्कृष्ठ सञ्चारकर्मी अवार्डवाट सुक्रबार पोखरामा सम्मान गरेको हो ।

कार्यक्रमका लायन्स क्लबका पिएमसिसी प्रेम बहादुर श्रेष्ठ, तमु धिँ नेपालकी अध्यक्ष कर्म तमु, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा सेती गण्डकीका अध्यक्ष सुनयना पालिखे, क्लवकी सचिव मिना गुरुङ्ग लगायतले पत्रकार बराललाई सम्मान–पत्रको साथमा दोसल्ला तथा अविरले सम्मान गरेका हुन । उक्त सम्मान सहित बराललाई नगद ४ हजार समेत प्रदान गरिएको छ । नेपाल पत्रकार महासघं कास्कीका सह–सचिव, रेडियो अन्नपुर्ण, कारोवार दैनिक तथा पोखरा पत्र, पोखरा न्यूजमा आवद्ध बरालले प्राप्त गरेको पुरस्कार राषि पत्रकार कल्याणकारी कोष स्थापनाको लागि नेपाल पत्रकार महासंघ कास्कीलाई हस्तान्तरण गरेका छन ।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई बरालले उक्त रकम हस्तान्तरण गरेका हुन । सम्मानित बरालले लायन्स क्लवबाट आफू सम्मानित भएकोमा पत्रकारितामा अझ बढी जिम्मेवारी थपिएको बताउदै पत्रकारको हकहितको लागि महासंघले संचालन गर्न लागेको पत्रकार कल्याणकोषमा उक्त रकम सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे । विगत १४ बर्ष देखि पत्रकारिता श्रेत्रमा क्रियाशिल पत्रकार बराल यस अघि विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन । क्लवका सचिव मिना गुरुङले पत्रकार कल्याणकोषमा ५ हजार रुपैया दिने उद्घोष गरीन । संचारकर्मी सम्मानको लागि क्लवले ५० हजार अक्षयकोष समेत स्थापना गरेको क्लवका अध्यक्ष पालिखेले बताईन ।

त्यसै गरी क्लवले गरेका विभिन्न कार्यक्रममा क्लवका अध्यक्षको अभियानमा उल्लेखनिय योगदान पुराउने दुई जना सदस्य समेत सम्मानित भएका हुन । वेष्ट कोअडिनेटर अवार्डबाट विष्णु पौडेल र वेष्ट कोअडिनेटर अवार्डबाट विष्णु कुमारी श्रेष्ठ सम्मानित भएका हुन । उक्त अवसरमा यस बर्षको एस.ई.ई.मा उर्तिण हुने क्लवमा आवद्ध सदस्यका ३ जना छोरा तथा छोरीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा अस्मिता योगी, उत्सव ढुंगना र रिकेसना बुद्धचार्य सम्मानित भएका हुन । योगी यस बर्षको मिस एस.ई.ई. समेत हुन सफल बिद्यार्थी हुन ।

कार्यक्रममा वोल्दै लायन्स क्लवका पिएमसिसी श्रेष्ठले लायन्स क्लवले आफ्नो जिम्मेवार वहन गरेर सामाजिक क्षेत्रमा सक्रिय हुन आग्रह गरे । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखराको पर्यटन प्रवद्र्धन गर्न विभिन्न प्याकेजका कार्यक्रम आवश्यक भएको बताउदै क्लवलाई चाईनासंगको सम्वन्ध बढाउन आफुले सहजिकरण गर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार कल्याणकारी कोषमा पत्रकारको लागि आवश्यक भएको बताउदै अब उक्त अभियान छिट्टै सुरुवात गर्ने बताए । तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले लायन्स क्लवहरुले धेरै दीदी बहिनिहरुलाई क्रियाशिल बनाएको बताईन । क्लवका अध्यक्ष सुनयना पालिखेको अध्यक्षतामा सम्पन्न भएको अवार्ड वितरण कार्यक्रममा कार्यक्रम संयोजक दुर्गा शर्मा, सचिव मिना गुरुङ लगायतले वोलेका थिए ।

प्रकाशित मितिः शनिबार, असार १०, २०७४     9:22:39 PM

Ganesh Pahari

See all posts by