फिफा कनफेडेरेशन कप : अष्ट्रेलिया-क्यामरुन र चिली-जर्मनी बराबरी.

एजेन्सी ,९ असार / फिफा कनफेडेरेशन कप फुटबलमा अस्ट्रेलिया र क्यामरुनबिचको खेल १-१ गोलको बराबरीमा सकिएको छ । खेलमा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै क्यामरुनले अग्रता लिए पनि अष्ट्रेलियाले ६० औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको हो ।  समूह ‘बि’ मा नै चिली र जर्मनीबिच भएको खेल पनि बराबरीमा सकिएको छ ।

सुरुवाति अग्रता लिए पनि चिलीले त्यसलाई जोगाउन सकेन । छैटौ मिनेटमै गोल खाँदै पछि परेको जर्मनीले ४१ औँ मिनेटमा गोल फर्काएर खेल बराबरी गरेको हो ।   समूह ‘बि’ मा ४ अंकसहित चिलि शीर्ष स्थानमा छ । समान ४ अंक नै रहेको जर्मनी दोस्रोमा एक एक अंक रहेको अष्ट्रेलिया तेस्रोमा र क्यामरुन चौथोमा छन् ।

प्रकाशित मितिः शुक्रबार, असार ९, २०७४     8:06:05 AM

Ganesh Pahari

See all posts by