रोनाल्डोको गोलमा , पोर्चुगलको जित.

एजेन्सी ८ असार/  रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले गरेको गोल नै निर्णायक बन्यो । खेलको ८ औं मिनेटमा रोनाल्डोले हेडमार्फत सुन्दर गोल गरेका हुन् ।

यस्तै दोस्रो हाफको सुरुमा एन्ड्रे सिल्भाले गरेको प्रहार रुसका गोलरक्षक इगोर एकिन्फिभले सुन्दर बचाउ गरेपछि पोर्चुगल १–० ले विजयी भयो । यो प्रतियोगितामा पोर्चुगलको पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा पोर्चुगलले मेक्सिकोसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो । जितपछि समूहको दुई खेलबाट चार अंक जोडेको पोर्चुगल समूहको दोस्रो स्थानमा छ । पहिलो खेल जिते पनि दोस्रो खेलमा पोर्चुगलसँग पराजित भएको आयोजक रुस तीन अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मितिः बिहिबार, असार ८, २०७४     7:21:27 AM

Ganesh Pahari

See all posts by