पोखराको साँघुमुखको बजार प्रबद्र्धन गर्न अन्तर व्यवसायी फुटसल हुने.

पोखरा ७, असार/पोखराको पुरानो बजार साँघुमुख महेन्द्रपुलको बजार प्रबद्र्धन गर्न अन्तर व्यवसायी फुटसल प्रतियोगिता हुने भएको छ । पोखराको सवै भन्दा पुरानो व्यपारिक बजारको प्रचार प्रसार गर्ने उद्धेश्यले साँघुमुख महेन्द्रपुल बजार समितिको आयोजनामा असार २३ र २४ गते पोखरा गैह््रापाटनमा रहेको पोखरा फुटसल एरिनामा उक्त प्रतियोगिता हुने भएको हो ।

पोखरा क्षेत्रका विभिन्न बस्तुगत व्यवसायी संस्थाको आपसी सदभाव कायम गर्न पनि आफुहरुले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागिएकोे प्रतियोगिता संयोजक मोतिराज तिमिल्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा १२ टिमको सहभागिता हुने भएको छ । प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्ने भएको सचिव सुर्यराज त्रिपाठीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न २ लाख ८० हजार खर्च लाग्ने आयोजकले जनाएको छ भने प्रतियोगिताबाट ३ लाख १७ हजार आम्दानी गर्ने लक्ष्य राखिएको सचिव त्रिपाठीले जनाए । साँघुमुख महेन्द्रपुल क्षेत्रमा हाल एक सय १ वटा विभिन्न व्यापारिक प्रतिष्ठानहरु रहेको संयोजक तिमिल्सिनाले बताए । उनले भने “ पोखराको ऐतिहासिक साँघुमुख महेन्द्रपुल क्षेत्रमा नुन देखी सुनसम्म उपलब्ध छ, तर पछिल्लो क्रममा केही क्षेत्रमा बजार प्रवद्र्धन भएसंगै साँघुमुख क्षेत्रमा कम व्यापार हुन भएको हो । ”

कास्की जिल्ला फुटसल संघका अध्यक्ष संजय लिगलले पोखरा क्षेत्रमा हाल ११ वटा फुटसल खेलाउने मैदानहरु भए पनि अन्तराष्ट्रिय मापदण्डका निमार्ण हुन नसकेको बताए । उनले भने “ अन्तराष्ट्रिय मापदण्डा पुरा गर्न धेरै गुणस्तरका सामान सहित धेरै महङगो हुने गर्दछ भने जमिन पनि हालको भन्दा धेरै चाहिन्छ । ”

प्रकाशित मितिः बुधबार, असार ७, २०७४     9:23:36 PM

Ganesh Pahari

See all posts by