विराट कोहलीसँगको मतभेदका कारण मुख्य प्रशिक्षकले दिए राजीनामा.

एजेन्सी, ७असार  /भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएका छन् । एक वर्षअघि भारतीय टिमको जिम्मेवारी सम्हालेका कुम्बलेले कप्तान विराट कोहलीसँगको मतभेदका कारण पदबाट राजीनामा दिएका हुन् । कुम्बलेले ट्वीटरमा आफ्ना बयान जारी गर्दै कप्तान कोहलीसँगको मतभेद नै राजीनामाको कारण स्वीकार गरेका हुन् ।

आफ्नो स्टाइलमा कप्तान कोहलीको आपत्ति रहेको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को तर्फबाट थाहा पाएको कुम्बलेले बयानमा उल्लेख गरेका छन् । बिसिसिआईले आफू र कप्तान कोहलीबिच रहेको मतभेद हटाउने प्रयास गरेको तर समझदारी बने पनि त्यो स्थिर हुने नदेखिएकाले आफूले राजीनामा दिएको उनको भनाई छ । कुम्बलेले आफ्नो प्रशिक्षणको एक वर्षको अवधीमा भारतीय टिमले पाएको उपलब्धीको श्रेय कप्तान, पूरै टिम, कोचिङ तथा स्पोर्ट स्टाफलाई जाने बताएका छन्

प्रकाशित मितिः बुधबार, असार ७, २०७४     6:56:12 AM

Ganesh Pahari

See all posts by