ब्रसेल्समा आक्रमणको तयारी गरेका व्यक्ति मारिए.

एजेन्सी, ७ असार / बेल्जियमको राजधानी ब्रसेल्सको एक रेलवे स्टेसनमा आक्रमणको तयारी गरेको व्यक्ति सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् । ब्रसेल्स सेन्ट्रल स्टेसनमा आत्मघाती बमको बेल्ट लगाएर आक्रमणको तयारी गरेका व्यक्तिलाई सेनाले गोली हानेको सरकारी अधिकारीले बताएका छन् ।

ती व्यक्तिले आक्रमणको तयारी गरिहेका बेला सेनाले गोली चलाएको हो । घटनामा अरु कोही घाइते नभएको सरकारी अधिकारीको भनाई छ । घटना आतंककारी रहेको भन्दै सुरक्षा व्यवस्था सेना तथा प्रहरीले कडा पारेको छ । सन् २०१६ को मार्चमा ब्रसेल्समा भएको आक्रमणमा ३२ जनाको ज्यान गएको थियो ।

प्रकाशित मितिः बुधबार, असार ७, २०७४     6:47:50 AM

Ganesh Pahari

See all posts by