असार नौ गते संचारकर्मी दौड प्रतियोगिता

 पोखरा, ६ असार / असार नौ गते पोखरामा संचारकर्मीहरु वीच दौड प्रतियोगिता हुने भएको छ । खेल सस्कृतीको विकास गर्दै लैजाने उद्धेश्यले भूतपुर्व खेलाडी मञ्च कास्कीले संचारकर्मीका लागी पाँच किलोमिटर दौडको आयोजना गरेको हो । भूत पुर्व खेलाडी मञ्चका सस्थापक उपाध्यक्ष शिव शंकर रञ्जितको स्मृतीमा उक्त प्रतियोगिता हुन लागेको यो दोस्रो पटक हो । प्रतियोगितामा सहभागिहुनेहरुले नेपाल पत्रकार महासंघको परिचय पत्र देखाएर मात्र सहभागि हुन पाउनेछन् भने रन फर फनका लागी भने अन्य संचारकर्मी समेत सहभागि हुन पाउने छन् ।

महिला तथा पुरुष गरि दुई समूहमा गरिने उक्त प्रतियोगितामा प्रथम हुनेले रु सात÷सात हजार, दोस्रो हुनेले रु पाँच÷पाँच हजार, र तेस्रो हुनेले नगद रु तीन हजार सहित पदक तथा प्रमाणपत्र पाउने छन् । दौड पुरा गर्ने सवैलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिने छ । मानव अधिकार चोकवाट विहान साढे ६ वजे सुरु हुने उक्त प्रतियोगिताका धावकहरुले महेन्द्रपुल, नयाँवजार, सृजनाचोक, जाल्पारोड,वगालेटोल, सिद्धार्थचोक हुँदै पुन मानवअधिकार चोकमा आई समापन हुने मञ्चका अध्यक्ष तेजवहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४     3:55:42 PM

Ganesh Pahari

See all posts by