फ्रान्समा चुनावः राष्ट्रपति म्याक्रोनको पार्टीलाई स्पष्ट बहुमत.

५ असार /फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत ल्याएको छ । म्याक्रोनको पार्टीले आइतबार भएको संसदीय चुनावमा पाँच सय ७७ सिट रहेको नेशनल एसेम्बिलीमा तीन सय भन्दा बढी सिटमा जित निकालेको छ । एन मार्चेले मोडेमसँग गठबन्धन गरेर संसदीय चुनावमा भाग लिएको थियो ।

म्याक्रोनको पार्टीले स्पष्ट बहुमत ल्याएपनि पहिलो चरणको चुनावपछि आंकलन गरिए भन्दा कम सिटमा जित हाँसिल गरेको हो । झण्डै १४ महिनाअघि स्थापना भएको पार्टी एन मार्चे संसदमा स्पष्ट बहुमतका सहित ठूलो पार्टी बनेको छ । बुहमतका लागि दुई ८९ सिटमा जित्नु पर्नेमा एन मार्चेले तीन सय भन्दा बढी सिट जितेको हो । एक महिनाअघि राष्ट्रपतिमा म्याक्रोन ठूलो मतअन्तरले विजयी हुनुभएको थियो । फ्रान्सको सत्ताको बागडोर अब स्पष्ट रुपले ३९ वर्षका म्याक्रोनको हातमा आएको छ ।

प्रकाशित मितिः सोमवार, असार ५, २०७४     7:25:25 AM

Ganesh Pahari

See all posts by