अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा सञ्चारकर्मि दौड प्रतियोगिता हुने.

तारा चापागाई पोखरा ,४ असार/ भुतपुर्व खेलाडी मञ्च नेपालले अन्तराष्ट्रिय  ओलम्पिक दिवसको अवसरमा दोश्रो्र पटक स्वर्गीय शिवशंकर स्मृतिमा संचारकर्मि  ५ कि.मी दौड को आयोजना गरेको छ । सदा समाज परिवर्तनको लागी विविध पक्षमा समाचार समप्रेषण गर्ने समाचार कर्मि उक्त दिनमा आफै समाचार बनिरहदा यसले खेल संस्कृति अभिवृद्धि गर्नुमा ठुलो भुमिका खेल्ने आयोजकले जनाएको छन ।

पोखराको खेलकुद बिकासका लागी अग्रणी संस्था भुतपुर्व खेलाडी मञ्च नेपालले आफनो वार्षि कार्यक्रमहरु तय गर्दै अगाडी बढिरहेको भुतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज बह।दुर गुरुङले बताउनु भयो उहाँले सञ्चारकर्मिले सधै भरि अरुको लागी गर्ने हुदा त्यो दिनमा आफनो बारेमा केन्द्रित रहेर समाचार लेख्ने अवसर जुटाउन यसको आयोजना गरेको कुरामा जोड दिनु भयो ।

कार्यक्रममा निर्वतमान अध्यक्ष खड्क बहादुर रानाले आफना स्वर्गिय साथी शिव शंकर रञ्जित का योेगदानको स्मरण गर्दै त्यसलाइ जिवीत राख्न पारिवारको सहयोगले कार्यक्रको आयोजना गरेको बताउनु भयो । स्वर्गिय शिव शंकर रञ्जित का सु पुत्र डा. निरज रञ्जित श्रेष्टले बाबाको स्मृतिमा उक्त कार्य गर्न पाउदा खुशि लागेको बताउनु भयो । त्यस्तै सञ्चारकिा समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले पत्रकार भित्रको क्षमतालाइ देखाउन पाउने अवसर दिएकोमा आयोजकलाइ धन्यबाद दिदै सहमागीता जुटाउने पहल गर्ने बताउनु भयो ।

खेलकुद पत्रकार मञ्चका उमाध्यक्ष तथा पत्रकार महासंघ कास्कीका स सचिव दिननाथ शर्माले सञ्चारकर्मिलाइ दिएको अवसर प्रति आभार ब्याक्त गर्दै आफनो तर्फबाट खेलकुदमा हरेक कार्यमा सहभागी हुने जनाउनु भयो । दौड प्रतियोगीतामा सञ्चारकर्मि पुरुष महिला गरि दुइ टिम हुनेछ एक टिममा १५ जना सहभागी हुनु पर्नेछ । प्रथम पुरस्कार महिला पुरुष दुवैलाइ नगद रु ७०००, पदक तथा प्रमाण पत्र दोश्रा्रे पुरस्कार , महिला पुरुष दुवैलाइ नगद रु ५०००, पदक तथा प्रमाण पत्र तेश्रो महिला पुरुष दुवैलाइ नगद रु ,३००० पदक ,तथा प्रमाण पत्र प्रदान गरिने छ भने दौड पुरा गर्ने सबैलाइ सहभागीताको प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । दौड प्रतियोगीता यहि असार ९ गते बिहान ६.३० बजे मानव अधिकार चोकबाट शुरु भइ महेन्द्रपुल चोक, नयाँबजार, हुदै पृथ्वीचोक , सभागृहचोक,सृजनाचोक जाल्पारोड बगालेटोल हुदै सिद्धार्थचोक र पुन मानव अधिकारचोकमा ५ कि. मीको दौड समापन हुनेछ ।

प्रकाशित मितिः आइतवार, असार ४, २०७४     6:50:06 PM

Tara Chapagain

See all posts by