सामुहिक बलात्कारको विरुद्ध सौन्दर्यकर्मीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

पोखरा, १ असार/महोत्तरी जिल्लाको औरी गाँउपालिकाकी एक युवती माथि भएको सामुहिक बलात्कारका दोषीहरुलाई कार्वाहीको माग गर्दै सौन्दर्य कला ब्यवसायी संघ, कास्कीले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

संघकी अध्यक्ष सोनम गुरुङ्ग र सचिव ममता पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा सौन्दर्य पेशामा आवद्ध २१ वर्षिय युवतिलाई जेष्ठ २८ गते साँझ ७ बजे  ब्यवासाय संचालन पश्चात घर फर्कने क्रममा तीन जना युवाहरुबाट बलात्कारमा परेको घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कडा कार्बाहीको माग गरिएको छ ।

विज्ञप्तिमा सुरक्षित रुपमा आफ्नो पेशा व्यवसायमा लागेर काम गर्न पाउनु पर्ने, निर्धक्क साथ हिड्न पाउने अधिकारको ग्यारेन्टी गर्न र जघन्य अपराधमा संलग्नको छिटो पहिचान गरी कडा भन्दा कडा कार्वाहीको माग गरिएको छ । कुनै पनि राजनैतिक दबाबमा दोषिले उन्मुक्ति पाउने अवस्थामा आएमा चर्को आन्दोलनमा उत्रिने चेतावनी समेत विज्ञप्तिमा उल्लेख छ । घटनाबाट विक्षिप्त हुन पुगेकी युवतीको स्वास्थ्य परीक्षण र उपचारकालागि उचित क्षतिपूर्तिको व्यवस्थाकोलागि समेत माग गरिएको छ ।

संघका अध्यक्ष सोमन गुरुगंको नेतृत्वमा गएको टोलीमा पोखरा उद्योग बाणिज्य संघ महिला उद्यम विकास उपसमिति संयोजक सिता बराल, सामाजिक अभियन्ता राम बहादुर पौडेल, सौन्दर्य कला ब्यवसायि संघका सल्लाहकार चिनु गुरुङ्ग र चन्द्रा श्रेष्ठ, सौन्दर्य कर्मी युनियनका संस्थापक अध्यक्ष मिना गुरुङ्ग, पोखरा उद्योग बाणिज्य संघका कार्य समिति सदस्य गिता तिवारी र सौन्दर्य कर्मिहरुको उपस्थिती रहेको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले दोषी कुनै पनि हालतमा उम्कने नसक्ने भन्दै कारवाहीका लागि पहल गरीने आश्वासन दिए । संघले २ गते शुक्रबार ७ः३० बजे सभागृह चोकबाट मानव अधिकारचोकसम्म विरोध ¥यालीको आयोजना गर्न लागेका समेत जनाएको छ । विरोध ¥यालीमा सौन्दर्य कर्मी, मानव अधिकारकर्मी, पत्रकार, बुद्धिजीवि र नागरिक समाजलाई समेत सहभागिताकोलागि आब्हान गरिएको छ । सभार: पोखरा एक्प्रेस

 

प्रकाशित मितिः बिहिबार, असार १, २०७४     9:12:17 PM

Tara Chapagain

See all posts by