मापदण्ड मिचेर निर्माण गरेका मालपोत अगाडी टहरा महानगरले भत्यकायो.

पोखरा, २९ जेठ /पोखराको मालपोत कार्यालय अगाडीका सडकको मापदण्ड मिचेर निर्माण गरेका टहरा महानगरले भत्काएको छ । पोखरा लेखनाथ महानगरपालिकाका ७ मालपोत कार्यालय अठाडी निमार्ण भएका १२ वटा टहरा डोजर लगाएर भत्काएको हो ।

महानगरपालिकाले ३५ दिने सुचना जारी गरे पनि अटेरी गरे पछि डोजर लगाएर टहरा भत्काएको हो । मालपोत कार्यालय अगाडीको घर महानगर पालिकाले नै बताएर भाडामा लगाएको हो ।

सडक देखि ५ मिटर भत्काउने भने पनि पोखरा ६ का जनप्रनिधिहरुले टहरा बनाए जती सबै भत्काउन लगाएका हुन् । टहरा भत्काए पछि सडक मै सामानहरु निकालेर राखेका थिए । पोखरा ७ र पोखरा ६ जोड्ने पुल निर्माण भइरहेको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४     9:50:03 PM

Ganesh Pahari

See all posts by