पोर्क फेस्टिभललाई पश्चिमाञ्चलका पशु सेवा कार्यलयहरुले सहयोग गर्ने.

पोखरा २९ जेठ / कृषी पर्यटनको प्रवद्र्धन संगै ब्यवशायीक बंगुर पालन र बंगुरबाट बन्ने विभिन्न खानाको परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले अयोजना गर्न लागेको तेश्रो पोर्क फेस्टिभललाई पश्चिमाञ्चल क्षेत्रमा रहेको पशु सेवा कार्यालयले सहयोग गर्ने भएका छन ।

बंगुर व्रिडर कृषक सहकारी संस्था लि., पोखरा, जिल्ला बंगुर व्यवसायी संघ, कास्की, क्षेत्रीय बंगुर व्रिडर कृषक समुह, कास्की र बंगुर व्यवसाय समन्वय समिति, कास्कीको आयोजनामा आगामी असार दुइ देखि चार गते सम्म पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन हुने पोर्क फेस्टिभललाई पश्चिमाञ्चल क्षेत्रमा रहेका जिल्ला पशु कार्यालयहरुले सहयोग गर्ने पश्चिमाञ्चल क्षेत्रिय पशु सेवा निर्देशनालयका क्षेत्रिय निर्देशक डाक्टर किसन चन्द ठकुरीले वताए ।

आइतबार पश्चिमाञ्चल पशु सेवा कार्यालयमा सम्पन्न भेलामा वोल्दै पश्चिमाञ्चल क्षेत्रमा रहेका बंगुरपालक किसानहरुका लागी बहु उपयोगी हुने भएकाले आफ्नो मातहतमा रहेका जिल्लाका पशु सेवा कार्यालयहरुलाई पोखरामा हुने पोर्क फेस्टिभलमा बंगुपालक किसानहरुलाई सहभागी गराउनका लागी आफ्नो मातहतमा रहेका कार्यालयहरुलाई आग्रह गर्ने उनको भनाइ रहेको थियो ।

उक्त भेलामा बंगुर बृडर कृषक सहकारी संस्था लिमिटेडका अध्यक्ष योग बहादुर आचार्य, जिल्ला पशु सेवा कार्यालय कास्कीका पशु बिकास अधिकृत सहदेव पौडेल, राष्ट्रिय पशु प्रजनन केन्द्रका पशु बिकास अधिकृत रुद्र प्रसाद पौडेल, पशु बिकास फार्म लामपाटनका प्रमुख शम्भु पाण्डे , क्षेत्रिय पशुरा अन्वेषण प्रयोगशालाका प्रमुख डाक्टर केदार राज पाण्डे, जिल्ला पशु सेवा कार्यालय स्याङजाका प्रमुख डाक्टर राचन्द्र काप लगायतको सहभागीता रहेको थियो ।

पोखरा प्रदर्शनी केन्द्रको डोमभित्र तीन दिन सम्म सञ्चालन हुने उक्त महोत्सवमा बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्था तथा प्राविधिक परामर्श,बंगुरको बधशाला तथा प्रशोधनका स्टलहरुमा पोर्कको विविधिकरण, पोर्कका विभिन्न परिकारहरुकोे प्रदर्शन रहने छ ।

महोत्सवले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ मा निर्माण हुन लागेको नेपालकै ठूलो (पिग पार्क) बंगुर ब्यवशाय औधोगिक पार्क निर्माणको बारेमा जानकारी दिन समेत यो फेस्टिभलले मदत पु¥याउने लक्ष्य लिइएको छ ।
२० वटा स्टल रहने महोत्सवमा पोर्क बंगुरको मासुबाट बन्ने विभिन्न खानाका परिकारहरुको बिक्री तथा प्रदर्शनी हुने छ । त्यस्तै महोत्सवमा विभिन्न जातजातिका नृत्य तथा झाकीहरु, लोक तथा दोहोरी गीत, नृत्य, संगित, विभिन्न कार्यपत्रहरु प्रस्तुती तथा विभिन्न प्रतियोगिताहरु रहने आयोजकले जनाएको छ ।

क्लासीक ह्वील प्रालि नयाबजार पोखराको मुख्य प्रायोजनमा हुने फेस्टिभल बंगुर व्रिडर कृषक सहकारी संस्था लि., पोखरा, जिल्ला बंगुर व्यवसायी संघ, कास्की, क्षेत्रीय बंगुर व्रिडर कृषक समुह, कास्की र बंगुर व्यवसाय समन्वय समिति, कास्कीको आयोजनामा हुने महोत्सवमा बंगुर व्यवसायी संघ नेपालको संयोजन रहेको छ भने पशुसेवा विभाग, हरिहरभवन ललितपुर, केन्द्रिय बंगुर कुखुरा प्रबद्र्धन कार्यालय, हरिहरभवन ललितपुर, पशु पंक्षी बजार प्रबद्र्धन निर्देशनालय, हरिहरभवन ललितपुर, पशु उत्पादन निर्देशानलय, हरिहरभवन ललितपुर, क्षेत्रीय पशु सेवा निर्देशनालय, पोखरा, जिल्ला पशु सेवा कार्यालय, कास्की, पशु विकास फार्म, लामापाटन पोखरा, पोखरा लेखनाथ महानगरपालिका , सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, जिल्ला सहकारी संघ, कास्की, पटवा टेन्ट हाउस, एस के साउण्ड र लक्की लाइट सर्भिसको सहयोग रहेको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४     9:15:01 PM

Tara Chapagain

See all posts by