होटल मोनालिसाका सञ्चालक शेरचनको मृत्यु.

पोखरा, २९ जेठ / पोखराको ड्यामसाइडमा स्थित मोनालिसा होटलका संस्थापक सञ्चालक विमल शेरचनको मृत्यु भएको छ । उनको हृदयघातका कारण आइतवार काठमाडौको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

आइतवार दिउँसो मनिपाल शिक्षण अस्पतालबाट उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो । शेरचन विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय थिए । थकाली सेवा समिति पोखराका सह–सचिव, एड्स रोग नियन्त्रण संघ कास्कीका आजिवन सदस्य समेत रहेका शेरचनको श्रीमती, एक छोरा र एक छोरी छन् ।

अमेरिकामा रहेका छोरा नेपाल आएपछि मंगलवार अन्तिम संस्कार गर्ने परिवारले जानकारी दिएको छ । जोमसोमको कोवाङ्बाट पोखरा झरेपछि उनले मोनालिसा होटल सञ्चालन गरेका थिए । सो होटल पोखरामा थकाली खानाका लागि प्रख्यात छ ।  स्वर्गीय सेरचनको अन्त्येष्टि असार १ गते गरिने भएको छ । अमेरिकाबाट छोरा १ गते पोखरा आइपुगेपछि अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४     9:01:33 PM

Tara Chapagain

See all posts by