रामेछाप, २८ जेठ/ नेत्रविक्रम चन्द विल्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले रामेछापको सुनापती गाउँपालिका–२ दिमिपोखरीका मोहन घिसिङको ४० रोपनी पाखोबारी जग्गा कब्जा गरेको छ । घिसिङ जग्गा खाँडादेवी गाउँपालिका–७ मा छ । नेकपाका कार्यकर्ताहरुले पार्टीको झन्डा जग्गा धनी घिसिङको बारीमा गाडेर जग्गा कव्जा गरेको घोषणा गरेका छन् ।
जग्गाधनी घिसिङले स्थानीय नागरीकहरुको जग्गा ललाई फकाई सस्तो मूल्यमा खरिद गरेको उजुरी पार्टीमा गरेकाले उनलाई पटक पटक जग्गाको विषयमा छलफल गर्न बोलाउँदा पनि नआएपछि बाध्य भएर जग्गा कब्जा गर्नु परेको नेकपाका रामेछापका जिल्ला सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘जग्गा लिने र बिक्री गर्ने दुबैै पक्षलाई राखेर छलफल नगराएसम्म जग्गा आफ्नो पार्टीको कब्जामा रहन्छ ।