परिश्रमीलाई पैसा कमाउन धेरै जग्गा चाहिँदैन.

पोखरा,२८ जेठ / दृढ इच्छा शक्ति र लगानशिल भएर स्वदेशी माटोमा पसिना भिजाउने हो भने थोरै जग्गा र कम मेहनतले पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने यहाँका एक कृषकले उदाहरण दिएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २८ बास्तोला गाउँको नेटाका कृषक गोविन्द बास्तोलाले पाँच आना जग्गामा लगाएको काँक्रोबाट दुई महिनामा एक लाख भन्दा बढी आम्दानी गरी सबैका लागि अनुकरणीय बन्नुभएको हो ।

उहाँले फागुन महिनामा लगाएका एक सय १० वटा भक्तपुरे लोकल जातका काँक्राका विरुवाले चैत महिनाको १५ गतेवाट उत्पादन दिन शुरु गरेका छन् भने बारीबाट दैनिक ४० के.जी भन्दा बढी उत्पादन तथा विक्री हुने गरेको छ । गाई भैसीको मल प्रयोग गरेर उत्पादन गरेको प्राङगारिक काँक्रो बजारमा बिक्री हुँदैन की भन्न पर्दैैन सुरुमा प्रति के.जी ८० रुपैयामा बिक्री गरेपनि बजारमा प्रशस्त कात्र्रmो आएपछि अहिले ३५ रुपैयामा थोक बिक्री हुने गरेको उहाँले बताउनुभयो । डोको भरि काक्रो भारी बोकेर स्याङखुदीसम्म लैजानु आफ्नो नित्यकर्म जस्तै भएको बताउँदै उहाँले यातायातको असुविधाले बढी समय खचिर्नुका साथै उत्पादनको उचित मुल्य लिन नसकिएको बताउनुभयो ।

 परम्परागतरुपमा मकै र कोदो खेती गर्दा दुई हजारको अन्न समेत उत्पादन नहुने जग्गामा दुई लाखसम्म आम्दानी हुन थालेपछि चाडपर्वलाई लक्षित गरि सोही स्थानमा पुनः काँक्राका विरुवा लगाउने तयारीमा वास्तोला परिवार लागेको छ । आम्दानी पनि राम्रै हुने र थोरै जग्गाको उपयोग समेत हुने भएका कारण आँफूहरू यस तर्फ आकर्षित बनेको गोविन्दकी श्रीमती चित्रकुमारी बास्तोलाले बताउनुभयो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४     9:21:40 PM

Ganesh Pahari

See all posts by