अब स्वागत र सम्मानमा मेयर सहभागी नहुने. जि सी

पोखरा, २७ जेठ /पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिहरुलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । पोखरा ७ को एयरपोर्ट टोल विकास संस्थाले स्थापना गरेको चौतारी शनिबार उद्घाटन कार्यक्रममा बोल्दै मेयर जिसीले महानगरबासीको अन्तरआत्मादेखिकै सम्मानले आफू मेयरमा निर्वाचित भएको बताए ।

‘तपाईंहरुले मत दिनु नै मेरा लागि सबैभन्दा ठूलो सम्मान हो,’ उनले भने, ‘आगामी दिन सम्मान र बधाईको सट्टा समृद्ध महानगर बनाउने अठोटलाई साकार पार्न सबैले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

विभिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदा जनताको काम समेत प्रभावित भएको महसुस गरी आफूले यो घोषणा गरेको उनको भनाइ थियो । बधाई, शुभकामना, शुभेच्छाको साथै केही गुनासो भए राख्न दिउँसो ३ बजेपछि कार्यालयमै मेयरसँग भेट्ने व्यवस्था मिलाएको जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २७, २०७४     10:23:11 PM

Ganesh Pahari

See all posts by