पाल्पा, २६ जेठ/ महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि ताप्लेजुङले जितेको छ । पाल्पाको तानसनेस्थित टुडिखेल मैदानमा दिउँसो भएको फाइनल खेलमा रौतहटलाई २–० गोल अन्तरले हराउँदै ताप्लेजुङले उपाधि जितेको हो ।
जितसँगै ताप्लेजुङले तीन लाख रुपैयाँ पुरस्कार पाएको छ । ताप्लेजुङलाई जिताउन खेलको २३ औं र ५५ आंै मिनेटमा भुजङा राईले गोल गरिन् ।