भक्तपुरमा स्कूल बस दुर्घटनाः २७ विद्यार्थी घाइते.

भक्तपुर,२५ जेठ /भक्तपुरको सानोठिमीमा रहेको नालान्दा विद्यामन्दिरको बा १ ख ८३५९ नम्बरको बस दुर्घटना हुँदा २७ जना विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीलाई स्वीमिङ गराएर स्कूल तर्फ फर्कदै गरेको बस स्कूल नजिकै पुगेपछि सडकबाट खेतमा खसेर दुर्घटना भएको महानगरीय प्रहरी बृत्त ठिमीको संचार शाखाले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका विद्यार्थीको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २५, २०७४     8:58:21 PM

Ganesh Pahari

See all posts by