विश्व वातावरण दिवसमा आयोजीत कविता प्रतियोगिता मदरल्याण्ड उच्च मा वि का निकेश पहिलो.

पोखरा, २४ जेठ/राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा विश्व वातावरण दिवस–२०७४ को अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा मदरल्याण्ड उच्च  मावि का कक्षा १० मा अध्ययनरत निकेश गिरी पहिलो भएका छन् ।

त्यसै गरि शिशु निकेतन मावि कक्षा ९ का नीति रानाभाट दोस्रो र नव प्रभात मा.वि. कक्षा १० मा अध्ययनरत सुस्मिता गोपाली तेस्रो भइन् । यो वर्ष विश्व वातावरण दिवसको नारा प्रकृतिसँग हाम्रो सम्बन्ध; रहिरहोस् अनन्त भन्ने शीर्षकमा प्रतियोगीहरू बिच प्रतिस्पर्धा गराइएको थियो ।

विजयी विद्यार्थीहरुलाई आयोजना निर्देशक लाल प्रसाद गुरुङले पुरस्कार वितरण गरे । पहिलो हुनेलाई २ हजार ५ सय दोस्रो २ हजार र तेस्रो हुनेलाई १ हजार ५ सय र सहित प्रमाणपत्रले पुरस्कृत गरे ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २४, २०७४     9:12:34 PM

Ganesh Pahari

See all posts by