काठमाडौं, जेठ २४/ प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिनुभएको छ । शीतल निवासमा भएको विशेष समारोहमा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो । देउवाले बुधबार नै ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ ।
नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारले उपप्रधान र संघीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यस्तै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ, माओवादी केन्द्रका जनार्दन शर्मालाई गृह, कांग्रेसका फरमुल्लाह मन्सुरलाई श्रम तथा रोजगार र माओवादीका प्रभु शाहलाई विना विभागीय मन्त्रालयले जिम्मेवारी दिइएको छ ।